सामुदायिक विद्यालयमा शुल्क लिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण

अखबार हब
२०७९ असार ९, बिहीबार १७:२१

मकवानपुर । सामुदायिक विद्यालयहरुले अग्रेजी माध्यममा पढाइ गरेको नाममा शुल्क उठाएको प्रति विद्यार्थी संगठनले ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राख्दै हेटौंडा उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

नगरभित्रको शिक्षा क्षेत्रको बेथितिलाई स्थानीय सरकारले नियन्त्रण गर्नुपर्ने भन्दै संगठनले उपमेयर राजेश बानियाँलाई ज्ञापन पत्र बुझाएको हो। हेटौंडा उपमहानगरपालिका भित्र शिक्षा क्षेत्रमा देखिएका गम्भीर समस्याप्रति ध्यानाकर्षण जनाउँदै युनियनले ज्ञापन पत्र बुझाएको अध्यक्ष विशाल पौडेलले बताए ।

हेटौडा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा बापत १५ रुपियाँ मात्र उपलब्ध हुने भनिएकोमा मूल्य वृद्धिलाई ध्यानमा राखी कम्तीमा २५ रुपियाँ कायम गर्न माग गरिएको छ । उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुले शैक्षिक वर्ष २०७९ को लागि गरिएको चर्को शुल्क वृद्धि प्रस्ताव अवैज्ञानिक र समयसापेक्ष नरहेको भन्दै निजी विद्यालयहरु सेवाभन्दा नाफामुखी भएको प्रति शुल्क वृद्धि प्रस्ताव पुन नयाँ ढंगबाट गराउनका लागि संगठनले माग गरेको हो ।

संगठनले उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुको वर्गीकरण आवश्यक भएको ठम्याउँदै पटक पटकको आग्रहलाई बेवास्ता मनन गर्न खबरदारी समेत गरेको अध्यक्ष विशाल पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*