मकवानपुरका भट्टराई एसिया डेभलपमेन्ट लिडरसिप अवार्डबाट सम्मानित

अखबार हब
२०७९ असार ७, मंगलवार २१:११

मकवानपुर । मलेसिया स्थित विश्वभर अनुसन्धान खोजमा कार्य गर्दै आएको रिसर्च अण्डर लिटरल एक्सेस नामक संस्थाले मकवानपुर हेटौंडाका सुरेन्द्र भट्टराइलाई अनतरराष्ट्रिय अवार्डसहित सम्मानित गरेको छ । भट्टराई एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड २०२२ बाट सम्मानित भएका हुन् ।

विभिन्न ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालको तर्फबाट भट्टराई सम्मानित भएका हुन् ।

भट्टराईलाई नेपाल सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

भट्टराई २० बर्ष सरकारी सेवामा कार्यरत अवकाशप्राप्त कर्मचारी हुन् । उनले नेतृत्व गर्ने तत्कालिन गाबिसहरुमा रहेर विकास व्यवस्थापन र योजना सम्बन्धी कार्य गरेको, स्थानिय निकायमा जनप्रतिनिधिहरु नभएको समयमा स्थानिय तहलाई नेतृत्व गरी विकासका गतिविधिलाई सञ्चालन गरेको कारण सम्मनित गरिएको हो ।

भट्टराई करिब १२ बर्ष स्थानीय निकायमा कार्य गरि ५ बर्ष विश्व बैंकद्धारा सञ्चालित ग्रामिण विकास सम्वन्धी परियोजनामा कार्य गरेका थिए । उनले २ बर्ष बागमती प्रदेश योजना आयोगमा अधिकृतको रुपमा काम गरेर सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिएका थिए ।

साथै भट्टराईले बागमती प्रदेशमा रहँदा प्रदेशको पहिलो पञ्चबर्षिय योजना निर्माण र दिगो विकासको लक्ष्यहरुको स्थानियकरण गर्ने काममा महत्वपुर्ण जिम्मेवारी लियका थिए भने बागमती प्रदेश पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको सदस्य सचिवसमेत भएर काम गरेका थिए ।

मकवानपुर बहुमुखी क्याम्पसबाट साजशास्त्रमा स्नातकोत्तर गरेका भट्टराईले स्थानीय निकायमा मानव श्रोत विकास सम्बन्धी बिषयमा भारतको राष्ट्रि ग्रामिण विकास संस्थान र नेदरल्यान्डको वागेनियन युनिभर्सिटी एण्ड रिसर्चबाट दिगो विकासका असरको व्यवस्थापन सम्बन्धी बिषयमा समेत अध्ययन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*