पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै हेटौंडामा अनेरास्ववियुको प्रदर्शन

अखबार हब
२०७९ असार ६, सोमबार २१:२३

मकवानपुर । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरुद्धमा हेटौंडामा विद्यार्थी संगठनले विरोध प्रदशन गरेको छ । आईतबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु हेटौंडा नगर कमिटीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा विरोध प्रदशन गरेको हो ।

हेटौंडाको बुद्ध चोकमा भएको प्रदर्शनमा विद्यार्थीले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहाल गर्दै ‘नालायक सरकार राजिनामा दे,अर्थमन्त्री राजिमानामा दे, युवा विद्यार्थी एक हौं, मूल्य वृद्धि खारेज गर, जनता मार्न पाइदैन मूल्य वृद्धि चाहिदैन’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा अनेरास्ववियु मकवनापुरका अध्यक्ष विशाल पौडेलले हप्तौ पिछे सरकारले आम जनताको ढाड सेक्ने गरि गर्दै आएको मूल्य वृद्धिमा आम जानसमुदाय मौन बस्न नसक्ने र तत्काल मूल्य वृद्धिफिर्ता नगरेमा अनेरास्ववियु आजै शसक्तआन्दोलनमा होमिने भन्दै त्यसबाट शृजना हुनसक्ने परिस्थितको स्वयम नेपाल सरकार भागेदारी रहलेसमेत चेतावनी दिए ।

प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, सचिवालय सदस्य किशन घिसिङ्ग, अनेरास्ववियु मकवानपुर उपाध्यक्ष भुवन मैनाली, अमृत बर्तौला, सचिव पुस्कर तिमल्सिना, सह–सचिव प्रमोद फुयाल लगायत विद्यार्थी नेता कार्यकर्ताको उपस्थिति रहेक थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*