स्थानीय सरकार बलियो बनाऔं,प्रदेश खारेज गरौं : दीपक सिंह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बहादुर सिंहले नेपालमा संघीयता आवश्यक नरहेको बताएका छन् ।
आईतबार मकवानपुरको मनहरी १ मा आयोजित चियापान कार्यक्रममा बोल्दै नेपाललाई संघीयता आवश्यक नरहेको बताएका हुन् । नेपाल जस्तो गरिब मुलुकमा संघीयताले आर्थिक भार थोपरेको भन्दै स्थानीय सरकार बलियो बनाएर प्रदेश खारेज गर्नुपर्ने बताए ।
‘प्रदेश सरकारका मन्त्री मात्र धेरै छ, काम केहि छैन्, केन्द्रबाट आएको बजेट तलब भत्तामा मात्र खर्च हुन्छ’ – उनले भने । पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल संघीयताले टुक्र्याउन सक्ने उनले आशंका गरेका छन् ।
राप्रपा मनहरी १ का वडा सभापति श्यामसुन्दर वाईबाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक बाहादुर सिंहको प्रमुख आतिथ्यता रहेको थियो । राप्रकाका जिल्ला प्रबत्ता आयुष डोटेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा मायाँ न्यौपाने, गणेश बर्तौला, गगन बाहादुर खड्का, गोविन्द गुरागाईं, सरोज गुरागाईं, नरहरी सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।