हेटौंडा–२ मा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

अखबार हब
२०७९ असार ५, आईतवार १०:२३

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ सिंचाइटोलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सिचाईटोलमा मोटरसाइकल दुर्घटनामा परी धनुषा जिल्ला स्थायी घर भइ हेटौंडा–४ सिर्जनापथमा डेरा गरी बस्दै आएका ३९ वर्षीय अन्जन कर्णको गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–२, मनकामना टोलबाट हेटौंडा बजारतर्फ आउने क्रममा हेटौंडा–२, सिचाईटोलमा बा ९५ प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कर्णको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते कर्णलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार कर्णकी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र ११ वर्षीय छोरा आर एन कर्णको हेटौडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*