बाराको भीआईपी ईंटा उद्योगको जग्गामा वृद्धको शव भेटियो

बारा । बाराको कलैयामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा भेटिएका छन्।
कलैया उपमहानगरपालिका–९रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए ।
प्रहरी निरीक्षक यादवका अनुसार साबिक भीआईपी ईंटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको हो।
घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उनले बताए ।