हेटौंडामा पनि एमालेको प्रदर्शन

अखबार हब
२०८२ चैत्र १४, शनिबार १७:१४

मकवानपुर । नेकपा एमालेका नेता तथा कार्यर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा उनीहरु सडकमा आएका हुन् ।

शनिबार दिउँसो पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौंडाका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

एमालेसँग आबद्ध २३ वटा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णयअनुसार हेटौंडासहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको हो।

यसअघि गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा दमन भएको विषयलाई लिएर पनि राजनीतिक विवाद चर्किएको थियो। उक्त समय केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए।

आज बिहान सबेरै अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले विरोध कार्यक्रम घोषणा गरेको हो। पक्राउ लगत्तै बसेको सचिवालय बैठकले आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको जनाएको छ।

एमालेले आफ्ना अध्यक्षको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ भने सरकारले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*