मकवानपुरमा साढे ४ हजार किशोरीलाई एचपीभी खोप लगाइने

अखबार हब
२०८२ माघ २१, मंगलवार २०:०७

हेटौंडा । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ ।

मकवानपुरका १० वटै स्थानीय तहका ६ कक्षामा अध्ययरत १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले बताए ।

पहिलो चरणमा माघ २५ देखि फागुन १ गतेसम्म विद्यालयमा अध्ययनरत विद्यार्थीलक्षित गरी खोप अभियान सुरु गरिनेछ । त्यसपछि फागुन २२ गतेसम्म दोस्रो चरणअन्तर्गत नियमित खोप अभियान सञ्चालन गरिने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*